punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वृद्धभत्ता बुझेर फर्किंदा भीरबाट लडेर मृत्यु

Chaupati
safha napa

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ। भूमिकास्थान नगरपालिका १ ढाकावाङका ७२ वर्षीय वीरबहादुर गमालको भीरबाट लडेर मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए ।

धारापानी स्थित साइन रेसुङ्गा बैंकबाट वृद्धभत्ता बुझेर घर फर्कने क्रममा ठुलाखोला घोप्टे सालको भीरबाट लडेर गमालको मृत्यु भएको हो। गमाल बाटोदेखि झन्डै ८० मिटर तल खसेको प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

घटनास्थलमा गएका प्रहरीको प्रारम्भिक अनुसान्धान अनुसार बुधबार दिउँसो करिव ४ बजेको समयमा उनी र उनका दाजुले भत्ता बुझेपछि हिंड्दै घर फर्किएका थिए । गएराती गमाल भीरबाट लडेको अवस्थामा स्थानीयले देखेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


३ कात्तिक २०७९, बिहीवार ११:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु