प्रधानमन्त्री देउवा पुगे निर्वाचन आयोग
प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन आयोग पुगेका छन् । आयोगले आइतबार दलहरूसँग चुनावको आचारसंहिता लागू गर्ने विषयमा छलफल गर्दैछ । सोही छलफलका लागि देउवा निर्वाचन आयोग पुगेका हुन् ।
यसअघि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल तथा गृहमन्त्री बालकृष्ण खाँणलगायतका नेता पनि आयोग पुगिसकेका छन् । निर्वाचन आयोगले छलफलका लागि प्रमुख १२ दललाई बोलाएको छ ।
आयोगले बनाएको आचारसंहिता राजपत्रमा प्रकाशित भइसके पनि लागू भने भइसकेको छैन । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो बाहेक अन्य निर्वाचन क्षेत्रमा चुनाव प्रचार गर्न नपाउने प्रावधानमा दलहरूको असहमति छ ।
९ असोज २०७९, आइतवार १६:०४ बजे प्रकाशित































