punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दसैंमा ४ सय क्वीन्टल चामल हेलिकप्टरबाट टिंकर र छाङरु पठाउँदै खाद्य कम्पनी

Chaupati
safha napa

दसैंका लागि दार्चुलामा ४ सय क्वीन्टल चामलसहित खाद्यान्न हेलिकप्टरमार्फत् ढुवानी गरिने भएको छ । टिंकरमा १६० र छाङरुमा २४० क्वीटल चामल ढुवानीका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबार बोलपत्र आह्वान गरेको छ ।

कम्पनीको शाखा कार्यालय दार्चुलादेखि दार्चुलाको व्यास गाउँपालिको टिंकर र छाङरुसम्म हेलिकप्टबाट खाद्यवस्तु ढुवानीका लागि हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले गोप्य सिलबन्दी पेस गर्न भनिएको छ ।

स्वीकृत भएको हेलिकप्टर कम्पनी वा कार्गो एजेन्सीले १४ असोजमा कम्पनीसँग सम्झौता गर्नुपर्ने छ । र, दसैैं अघि नै खाद्यान्न ढुवानी गरिनेछ ।

 


९ असोज २०७९, आइतवार ०८:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु