असोज १३ देखि धनगढीमा रामलिला ज्ञान महोत्सव सञ्चालन हुने
असोज १३ देखि धनगढीमा रामलिला ज्ञान महोत्सव सञ्चालन हुने भएको छ । रामलिला आयोजक समिति (संगम सोसाईटी) को आयोजनामा धनगढी उपमहानगरपालिका–३ को पिंकी प्यालेसमा रामलिला ज्ञान महोत्सव सञ्चालन हुने भएको हो ।
रामलिला आयोजक समिति (संगम सोसाईटी) ले शनिबार पत्रकार सम्मेलनमार्फत रामलिलाबारे जानकारी दिएको छ । आयोजक समितिका अध्यक्ष मानसिंह बिष्टले दैनिक बेलुका साढे ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन गरिने रामलिला महोत्सवको माध्यमबाट भगवान श्री रामको जीवनीबाट शान्ति पूर्वक जीवन बाँच्ने शिक्षा समाज र व्यक्तिलाई दिने मुख्य उद्देश्य रहेको बताए ।
८ असोज २०७९, शनिवार २१:२१ बजे प्रकाशित































