punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै

Chaupati
safha napa

सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । धनगढीको राजपुरमा रहेको आयुर्वेद चिकित्सालयले अगामी असोज ११ देखि १४ गतेसम्म निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गर्ने जनाएको छ ।

शनिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चिकित्सालयले निःशुल्क शिविर सञ्चालन गर्ने बताएको छ । चिकित्सालयको व्यवस्थापन समितिको अध्यक्षमा नरेशबहादुर बिष्टले चार दिने स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी दिए । सर्वसाधारण नागरिकलाई आयुर्वेद स्वास्थ्यको पहुँचमा पुगाउन र आयुर्वेद उपचार पद्धतीमा आवद्धमा गराउन शिविरको आयोजना गरिएको अध्यक्ष बिष्टले बताए ।

No description available.

असोज ११ गतेदेखि नै चिकित्सालयले निः शुल्क ओपीडी सेवा सुचारु हुने जनाएको छ । ‘आयुको ज्ञान’ भएको बताउँदै आयुको सत्ता, आयुसम्बन्धी ज्ञान र पूर्ण आयुका साथ शारीरिक र मानसिक स्वस्थता प्राप्ति गर्ने विधिनै आयुर्वेद उनको भनाई छ ।

 


८ असोज २०७९, शनिवार २१:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु