धनगढीमा रहेको राजश्री सुनचाँदी पसलमा चोरी

धनगढीको एक सुनचाँदी पसलमा चोरी भएको छ। शुक्रबार राती धनगढीको एलएन चोकमा रहेको राजश्री सुनचाँदी गहना पसलमा चोरी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पसलबाट सुनचाँदीका गरगहना चोरी भएका हुन् । सीसीटीभी फुटेजबाट राति २ बजेर ५९ मिनेटमा सटरको ताला फुटाएर पसलभित्रबाट चोरी भएको भएको देखिएको छ ।
पसलबाट करीब सवा एक लाख बराबरको चोरी भएको बताइएको छ । प्रहरीले घट्ना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ।

 


८ असोज २०७९, शनिवार १७:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु