कपन आगलागी, मृत्यु हुनेको संख्या ३ पुग्यो

कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।

आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख भरतबहादुर बोहोराले जानकारी दिए । उनका अनुसार मृतकको पहिचान हुन सकेको छैन ।

घरको माथिल्लो तलामा रहेकाहरुको उद्दार गरिएको प्रहरीले जनाएको छ । दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।


५ असोज २०७९, बुधवार २१:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु