कपनमा भएको आगलागीमा परी दुई जनाको मृत्यु

कपनमा भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । बुधबार स्थानीय टंक घिसिङको घरमा आगलागी भएको हो ।

आगलागीमा परी मृत्यु भएका दुई जनाको शव फेला परेको एक प्रहरी अधिकारीले जानकारी दिए ।

उक्त घरमा इलाइट हिमालयन एडभेन्छर प्रालि नामक ट्रेकिङ कम्पनी सञ्चालनमा थियो । अहिले लगभग आगलागी नियन्त्रणमा आएको जनाइएको छ ।

दमकल, सुरक्षाकर्मी र स्थानीयले आगलागी नियन्त्रणमा लिने प्रयास गरेका थिए ।


५ असोज २०७९, बुधवार २१:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु