देशभर थप ८१ जनामा कोरोना संक्रमण, १७५ जना संक्रमणमुक्त

देशभर पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४४७ जनाको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९७ जनाको पीसीआर परीक्षण गर्दा ८१ जना र २ हजार ३५० जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १ हजार ४८३ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १७५ जना संक्रमणमुक्त भएका छन् ।


५ असोज २०७९, बुधवार २०:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु