डा. केसीलाई टिचिङ अस्पताल लगियो
डा. गोविन्द केसीलाई टिचिङ अस्पतालमा लगिएको छ । सेती प्रादेशिक अस्पतालमा अनशन बसेका डा। केसीको स्वास्थ्यमा जटिल समस्या भएपछि आज काठमाडौं ल्याइएको हो ।
‘टिचिङमा उपचार सुरु भएको छ,’ डा. केसीको तर्फबाट वार्ता समितिमा रहेको प्रीतम सुवेदीले भने ।
आज डा। केसी अनशनमा बसेको १०औँ दिन हो । सरकार र डा। केसीका प्रतिनिधिबीच वार्ता भए पनि सहमति जुट्न सकेको छैन ।
डा. केसीले टिचिङ अस्पतालमा अनशनलाई निरन्तरता दिने बताएका छन् ।
५ असोज २०७९, बुधवार २०:५८ बजे प्रकाशित













