punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चौरजहारी घटना : धरौटी तिर्न नसकेपछि किशोरीकी आमा पनि जेल चलान

Chaupati
safha napa

रुकुम,असार ११ ।  रुकुम पश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा जेठ १० गते नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनाका धरौटी तिर्न नसकेपछि युवती शुष्मा मल्लकी आमा पनि कारागार चलान भएकी छन्।

उनलाई रुकुम जिल्ला अदालतले १ लाख धरौटीमा छोड्न आदेश दिएको थियो। शुक्रबारदेखि सुरु भएको थुनछेक बहसपछि रुकुम जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले बुधबार अबेर यस्तो आदेश गरेका थिए।

धरौटी रकम तिर्न नसकेपछि अन्य २३ प्रतिवादीसँगै उनलाई पनि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।  प्रमुख केसीले भने, ‘बाँकी विषय अब कानुनअनुसार हुन्छ।’ उनको नाम कानुन अनुसार अदालतले गोप्य राखेर नाम परिवर्तित ५४ रुकुम पश्चिम ३६ (२) राखेको छ।

प्रतिवादी डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई भने पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश नै भएको थियो। अदालतको आदेशपछि प्रहरीले हिरासतमा रहेका र चलान गर्न आदेश भएकालाई राति नै जिल्ला कारागार चलान गरिएको हो।  आदेशमा अन्य ३ जना अभियुक्तलाई भने साधारण तारेखमा छोड्न आदेश दिएको थियो। साधारण तारेखमा छुट्ने प्रतिवादीहरुमा इन्द्रबहादुर मल्ल, तुलबहादुर मल्ल र दीपेन्द्र चन्द छन्।

यसअघिको आदेशमा दुई जना नाबालक (नवराजकी पे्रमिका भनिएकी किशोरी र अन्य एक जना आफन्त) लाई पुर्पक्षका लागि सुधारगृहमा पठाउने आदेश भैसकेको छ।

 गत जेठ १० रुकुम चौरजहारीमा प्रेमिका लिन भनी गएका नवराज विकसहितका १९ जना टोलीमाथि आक्रमण भएको थियो। उक्त घटनामा परी नवराज विकसहित ६ जनाको वीभत्स हत्या गरिएको थियो।


११ असार २०७७, बिहीवार १२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु