डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता सुरु

विभिन्न माग राखी कैलालीको धनगढी पुगेर अनशनमा बसिरहेका अभियन्ता प्रा डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी टोलीबीच वार्ता सुरु भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा वार्ता भइरहेको छ ।

डा. केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा वार्ता टोली बनेको छ भने सरकारले प्रधानमन्त्री कार्यालयका सचिवको नेतृत्वमा वार्ता टोली बनाएको थियो ।

अनशन बसिरहेका डा. केसीको स्वास्थ्य अवस्था खराब हुँदै गएको छ ।


२ असोज २०७९, आइतवार १५:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु