माछा मार्ने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु
कञ्चनपुरमा माछा मार्ने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको पुनर्वास नगरपालिका ५ की १६ वर्षीय प्रेमवती रानाको खोलामा डुबेर मृत्यु भएको हो ।
सिमरी खोलामा आइतबार दिउँसो माछा मार्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
२ असोज २०७९, आइतवार १७:०३ बजे प्रकाशित













