कैलालीमा बाढीले बगेर बेपत्ता भएका ५५ वर्षीय पुरुष मृत फेला

कैलालीमा बाढीले बगेर बेपत्ता भएका पुरुष मृत फेला परेका छन्। भजनी नगरपालिका वडा नम्बर- ८ का ५५ वर्षीय कालुराम चौधरी बाढीले बगाएर शनिबार बेपत्ता भएका थिए।

उनको शव आइतबार वडा नम्बर -८ जनकपुर नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस्तै शनिबार नै माछा मार्ने क्रममा बगेर एक युवती बेपत्ता भएकी छन् । धनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नविना चौधरी बगेर बेपत्ता भएकी हुन् ।


२ असोज २०७९, आइतवार १४:१३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु