डा. गोविन्द केसीलाई नागरिक समाजको ऐक्यवद्धता
अनसनरत डा. गोविन्द केसीको सत्याग्रहमा धनगढीका नागरिक समाजले ऐक्यवद्धता जनाएको छ ।
डा. केसीको जीवन रक्षा र उनले उठाएको माग सम्बोधनका लागि दबाब दिन नागरिक समाजले ऐक्यवद्धता जनाएको हो । सत्याग्रहको सातौं दिन पुग्दा डा. केसीको अवस्था थप जटिल बन्दै गएकाले उनको जीवन रक्षा गर्न नागरिक समाजले माग गरेको छ ।
जीवन रक्षाको मागसहित नागरिक समाजका वुद्धिजिवी, कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक, बिभीन्न बिधालय तथा क्याम्पसका शिक्षक, अभियन्ता लगायतकाले धनगढीको पार्क मोडमा प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रर्दशन गरेका छन् । ‘सत्याग्रही मार्न खोज्दै हो सरकार ? गोविन्द केसीको अनसन माफियालाई टेनसन, डा. केसीको बिरामी र बिधार्थीलाई साथ माफियालाई मात जस्ता प्ले कार्ड बोकेर उनीहरुले प्रर्दशन गरेका हुन् ।
२ असोज २०७९, आइतवार १३:३४ बजे प्रकाशित













