गठबन्धनको बैठक निष्कर्षविहीन, सोमबारसम्मका लागि स्थगित
सत्ता गठबन्धन दलको बैठक सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको हो।
बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आइतबारको बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे छलफल भएको र उक्त प्रतिवेदनबारे प्रधानमन्त्रीलाई जानकारी गराएको बताए।
२६ भदौ २०७९, आइतवार १३:५५ बजे प्रकाशित












