लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट प्रहरीले लागुऔषध मुद्दामा फरार प्रतिवादीलाई पक्राउ गरेको छ । लागु औषध मुद्दामा फरार प्रतिवादी रौतहट यमुनामाई गाउँपालिका वडा नं- ४ सरुअठ्ठा टोल वस्ने देवनारायण साहका छोरा ४० वर्षीय नरेश साह भनिने रामनरेश साह कानुलाई पक्राउ गरिए जनाएको छ ।

फैसला कार्यान्वयन पश्चात फरार रहेका प्रतिवादीहरुलाई खोजतलास एवं पक्राउ गर्न यस कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार पक्राउ गरेको जनाएको छ । रौतहट माधवनारायण नगरपालिका वडा नं- २ खैस्रैया चौकस्थित रहेको हनुमान मन्दिरको पुजारी वर्ष ६५ को श्री राम साहको २०७७ भदौ ३ गते अज्ञात व्यक्तिले कञ्चटमा गोली प्रहार गरी हत्या गरी फरार रहेको मुद्दामा ९ज्यान सम्बन्धी कसूर तथा संगठित अपराध० मुद्दामा फरार रहेका उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई खोजतलासका क्रममा रौतहटको देवाही गोनाही नगरपालिका वडा नं-१ करुनिया बस्ने शेख विकाउ भन्ने मोहमद कासिम आफ्नो घर ठेगानामा लुकीछिपी वसेको अवस्थामा फेला पारेको प्रहरी निरीक्षक दिनेशबहादुर कुँवर जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि रौतहट जिल्ला अदालत पेश गरिएको छ ।


२६ भदौ २०७९, आइतवार १३:२९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु