१ किलो सुनसहित महाराजगञ्जबाट २ जना पक्राउ
महाराजगञ्ज शंखपार्कस्थित सडकबाट एक केजी सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउपर्नेमा धादिङ रुबीभ्याली गाउँपालिका–३ घर भई हाल काठमाडौं टोखा बस्ने ३० वर्षीय तोकमान तामाङ लगायत छन् ।
उनीहरूलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको धातुसहित फेला पारी पक्राउ गरेको हो ।
२६ भदौ २०७९, आइतवार १३:५६ बजे प्रकाशित












