punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अभिनेता अनुपविक्रम शाही कांग्रेस प्रवेश

Chaupati
safha napa

अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेस प्रवेश गरेका छन् । दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका शाही शुक्रबार बिहान एक कार्यक्रमकाबीच कांग्रेस प्रवेश गरेका हुन् । उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टी सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि दिए ।

मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्व अध्यक्षहरु महेन्द्र यादव, उदयशमशेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थित थिए । अभिनेता शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताए ।

‘म यसअघि कुनै पनि पार्टीमा आवद्ध थिइनँ । पहिलो पटक कांग्रेससँग आवद्ध भएको हुँ,’ उनले भने, ‘कांग्रेसले नेपालमा लोकतन्त्रका लागि संघर्ष गरेको भनेर पढ्दै सुन्दै आइयो । अब बुझ्दै जाँदा अरुभन्दा कांग्रेस नै ठीक लाग्यो ।’

साथै उनले कांग्रेस कलाकारको सम्मान गर्ने पार्टी भएको समेत बताए । ‘धेरै अग्रज र सम्मानित कलाकारहरु कांग्रेसमा हुनुहुन्छ, यसले पनि मलाई कांग्रेस मन परेको हो,’ उनले भने । उनले आफू युवा भएकाले तरुण दलमार्फत युवाका पक्षमा काम गर्न चाहेको बताए।

अभिनेता शाहीले द्रव्य, सौर्य, हँसिया, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको बिहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत दुई दर्जन बढी चलचित्रमा अभिनय गरेका छन् ।


२७ साउन २०७९, शुक्रवार १२:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु