माधव नेपाललाई कोरोना संक्रमण

नेकपा एसका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।

नेपालको निजी सचिवालयका अनुसार आज गरिएको परीक्षणमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्य लाभ गरिरहेको साथै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा पनि उनको सचिवालयले बताएको छ ।

नेपाल आज बिहान पार्टी कार्यालयमा आयोजित प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए ।

 


२६ साउन २०७९, बिहीवार २१:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु