गुल्मीको रेसुङ्गामा ट्रक पल्टिँदा चालकको मृत्यु

गुल्मीको रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नम्बरको ट्रक रेसुङ्गा–१० सिमिचौरमा पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मी दरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगा रहेको प्रहरीले जनाएको छ ।

आज बिहान ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, गुल्मीका सूचना अधिकारी माधव खरेलले जानकारी दिए । ट्रक सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।


२२ साउन २०७९, आइतवार ११:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु