सुदूरपश्चिममा थप ७७ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा आज थप ७७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८७१ जनाले परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

एन्टिजेन विधिबाट परीक्षण गरिएका ४९ र पीसीआर विधिबाट परीक्षण गरिएका २८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका २१ जना आजै भारतबाट फर्किएका व्यक्ति रहेका छन् ।
गौरीफन्टा नाकाबाट फर्केका १०, गड्डाचौकी नाकाबाट फर्केका ८ र झुलाघाट नाकाबाट फर्केका ३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै प्रदेशभरि सक्रिय संक्रमितको संख्या २९३ पुगेको छ ।
हाल सम्म १० जना संक्रमित अस्पताल भर्ना भएका छन् । जसमध्ये एक जनाको आइसीयुमा उपचार भइरहेको छ ।
शुक्रबार बिहान सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त ६ का ५० बर्षिय पुरुषको मृत्यु भएको हो ।


२० साउन २०७९, शुक्रवार १९:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु