गायिका मेलिना राईले तोडिन् सञ्जीव बराइलीसँग इन्गेजमेन्ट
गायिका मेलिना राईले एरेन्जर सञ्जीव बराइलीसँग इन्गेजमेन्ट तोडिएको घोषणा गरेकी छन् ।
आफूहरूबीच वैचारिक मतभेद भएको भन्दै उनले फेसबुकमार्फत इन्गेजमेन्ट तोडेको जानकारी गराएकी हुन् । मेलिना र सञ्जीवले गत वैशाखमा फोटो सार्वजनिक गर्दै इन्गेजमेन्ट गरेको जानकारी गराएका थिए ।
ुसबै इन्गेजमेन्टहरू विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी कुरा पनि नहुने रहेछ । त्यसैले आजकै मितिबाट हामीबीचको इन्गेजमेन्ट तोडिएको कुरा म फेरि यही सामाजिक सञ्जालमार्फत सार्वजानिक गर्दछु । योबीचमा सम्पूर्ण शुभचिन्तकहरूमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्राथी छु । साथै भविष्यमा अझ मेहेनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिवद्धता पनि व्यक्त गर्दछु,ु मेलिनाले लेखेकी छन् ।
२० साउन २०७९, शुक्रवार १९:५४ बजे प्रकाशित













