६ लाख घुस लिँदालिँदै समातिए मन्त्रालयका उपसचिव
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल घुस लिँदै गर्दा पक्राउ परेका छन् ।उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रंगेहात पक्राउ गरेको हो ।
उनलाई नक्साल नागपोखरीको एक होटलबाट ६ लाख घुससहित रंगेहात पक्राउ गरिएको अख्तियार अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो ।
१७ साउन २०७९, मंगलवार १९:२२ बजे प्रकाशित































