नवजीवन अस्पतालमा डायलासिस सेवा सुरु
सुदूरपश्चिम प्रदेशमा पहिलो पटक निजी क्षेत्रको अस्पतालले डायलासिस सेवा सञ्चालनमा आएको छ । धनगढीस्थित जनजीवन अस्पतालले डायलासिस सेवा सञ्चालनमा ल्याएको हो ।
मंगलबार एक कार्यक्रमकाबीच अस्पतालले उक्त सेवा उद्घाटन गरेको हो । कार्यक्रममा बोल्दै प्रोफेसर डाक्टर सुभेषराज कायस्थले सुदूरपश्चिममा पहिलो पटक सेवा सुरु गरेकोमा खुशी व्यक्त गर्दै शुभकामना व्यक्त गरे । प्रदेशमा मेडिकल फिल्डमा क्रान्तिनै आएको उनले बताए । विगतका दिनमा डायलासिस सेवा नहुँदा हजारौं मानिसले ज्यान गुमाउनुपर्ने अवस्था रहेको भन्दै उनले अब त्यो अवस्थाको अन्त्य भएको बताए । ‘हाम्रो देशमा नसर्ने रोगको मात्रा धेरै वृद्धि भइरहेको छ,’ उनले भने । उनले गरिब, असहाय र विपन्न नागरिकहरूलाई लक्षित गरेर स्वास्थ्य सेवामा पहुँच पुगाउन आवश्यक रहेको उनले बताए ।
नवजिवन अस्पतालका डायलासिस डाक्टर अर्चनसमशेर राणाले हाल ६ वटा डायलासिस मेसिनबाट सेवा सुचारु गरेको बताए । निकट भविष्यमै ४ वटा मेसिन थप गरेर १० वटा मेसिनबाट मासिक १२० देखि १५० जना बिरामीलाई सेवा दिन उद्देश्य रहेको उनको भनाइ छ । पाँच करोडको लागतमा सेवा सुचारु गरिएको उनले बताए ।

नवजिवन अस्पतालका म्यानेजिङ डाइरेक्टर यज्ञराज ढङगनाले डायलासिस सेवालाई व्यावसायिक नभएर सामाजिक मानवताको रूपमा सामाजिक व्यवहारको रूपमा यसलाई अगाडि बढाउने उनले बताए । उनले काम गर्ने क्रममा गल्ती भएमा डाक्टरहरूले सच्याएर अगाडि बढ्नुपर्ने बताए । गरिब, असहाय परिवारका बिरामीलाई निःशुल्क सेवा दिने उनले बताए ।
१७ साउन २०७९, मंगलवार १९:५५ बजे प्रकाशित































