काठमाडौंमा हैजाका बिरामीको संख्या ३४ पुग्यो

काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या ३४ पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हैजाका बिरामीको संख्या ३४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन जनाको उपचार भइरहेको र बाँकी डिस्चार्ज भएको जनाएको छ । भिब्रिओ कोलरी ब्याक्टेरियाका कारण लाग्ने हैजा गम्भीर खालको झाडापखाला हो ।

२ असारमा काठमाडौं बागबजार बस्ने दुई दिदीबहिनीमा हैजा देखिएको थियो । हैजाको स्रोत पानी रहेको छ ।


५ साउन २०७९, बिहीवार १६:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु