ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’ नेपालमा पनि भेटियो
ओमिक्रोन भेरियन्टको उपप्रजाति ‘बीएफ.वान’ नेपालमा पनि पहिचान भएको छ । धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएको २२ वटा नुमनालाई आनुवंशिक परीक्षण (जिन सिक्वेन्सिङ) मार्फत हेर्दा विभिन्न उपप्रजातिहरु देखिएका छन् ।
‘बीएफ.वान अहिलेसम्म नेपालमा देखिएको थिएन । तर, हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई रिपोर्टिङ गरेका छौं । ओमिक्रोनको उपप्रजाति ‘बीएफ।वान’ अहिलेसम्मकै संक्रामक मानिएको छ,’ अस्पताल स्रोतले भन्यो ।
५ साउन २०७९, बिहीवार १६:५८ बजे प्रकाशित












