punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उच्च जोखिममा रहेका १५ घर परिवारलाई तत्काल सुरक्षित बसोवासको व्यवस्था गर्न माग

Chaupati
safha napa

कैलाली जिल्लाका कैलारी गाउँपालिका–३ शिवरत्नापुरका स्थानीयबासी उच्च जोखिममा रहेका १५ घर परिवारलाई तत्काल सुरक्षित बसोवासको ब्यवस्था गर्न माग गरेका छन ।
मंगलवार फियान नेपाल प्रदेश कार्यालयद्वारा गरेको डेलिगेशनमा जिल्ला विपद व्यवस्थापन समिति कैलालीलाई ज्ञापनपत्र बुझाउदै ंंशिवरत्नापुरका बाढी प्रभावित समुदायले उक्त माग राखेका हुन ।

जिल्ला विपद व्यवस्थापन समिति कैलाली र राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयलाई ज्ञापनपत्र बुझाउदै उच्च जोखिममा रहेका १५ घर परिवारलाई तत्काल सुरक्षित बसोवासको व्यवस्था गर्नु पर्ने माग राखेको शिवरत्नापुर खाद्य अधिकार समुहका सचिव कमल चौधरी बताए ।

ज्ञापनपत्रमा बाढीको समयमा तत्काल उद्धार कार्यका लागि आवश्यक औजार, उपकरण तथा प्लाष्टिकको डुंगाको व्यवस्था गर्नु पर्ने माग राखिएको छ,’ उहाँले भने, शिवरत्नापुर मोहना नदीका कारण तत्काल १५ घर परिवार उच्च जोखिममा रहेका छन भने बाँकी ८० घर समेत जोखिममा रहेका छन् । बस्तीमा एक्कसी बाढी आउदा सुरक्षित ठाउँमा सार्न एक डुङगा पनि नरहेकोले यो माग अघि सरिएको हो ।’
मोहना नदिको कारण सम्बन्ध विच्छेदको अवस्था रहेका र बिगत ३ वर्षदेखि निर्माण सम्पन्न हुन लागेको झोलुङ्गे अहिले सम्म नबनेको कारण पुल यथासम्भव चाडो निर्माण सम्पन्न गरी सुरक्षित आवागनको सुनिश्चितताका लागि आवश्यक पहल माग राखेको उहाँले बताए ।

गर्भवती तथा बालबालिकालाई खोप लगाउन नदि पार गरेर खोनपुर, भडरी आउनु पर्ने बाध्यता रहेकोले दुई बर्ष अघि शिवरतनपूरमा निर्माण भएको खोप केन्द्र तत्काल सञ्चालनको लागि पहल गर्न माग राखिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार बिकास मन्त्रालयले यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार बिकास कार्यालय, कैलाली मार्फत खोनपूर झोलुगें पुल आर्थिक वर्ष २०७७ मा टेण्डर आव्हान गरी ठेक्का मार्फत निर्माण कार्य थालनी गरिएपनि हालसम्म उक्त पूल निर्माण हुन सकेको छैन ।

ज्ञापनपत्र मार्फत मोहना नदीको बाढीको कारणले वर्षेनी हुने डुवान, कटान र पटानबाट बस्ती, आम नागरिक, पशु चौपाया तथा खेतियोग्य जमिनको संरक्षणका लागि विषेश गुरु योजना निर्माण गरी तत्काल कार्यन्वयन पनि माग राखिएको छ ।

कैलारी गाउँपालिका–३ सुर्मिलाना पुलदेखि ९हुलाकी मार्ग० दक्षिण करिव २.५ किलोमिटरमा मोहना नदि पारि शिवरत्नपूर गाउँबाट आउन जान सधै डुङ्गाको प्रयोग गर्नु पर्ने बाध्यता छ ।

दैवि प्रकोप उद्धार समिति कैलालीको अध्ययन प्रतिबेदन अनुसार कैलारी गाउँपालिका बाढीबाट जोखिमयूक्त उच्च जोखिमको सूचीमा रहेको छ । कैलारी गाउँपालिकामा पनि शिवरत्नपूर गाउँ रहेको वार्ड नं ३ अति जोखिम क्षेत्रमा पर्दछ ।
मोहना नदीमा पुल नहुँदा बर्षायाममा औषधी उपचार गर्न, दैनिक ज्यालादारीका लागि अन्यत्र जान, दैनिक उपभोग्य सामान खरिद गर्न तथा बालबालिकाहरु विद्यालय जान समेत वन्चित हुनुपर्ने अवस्था छ । २०७८ र्काित्र्तक २ गतेको अबिरल बर्षाका कारण आएको बाढीले धानबाली नष्ट हुनु तथा खेतियोग्य जमिनमा बालुवा पटान भई खेति गर्न समेत नमिल्ने अवस्था सृजना भएको शिवरत्नापुरका स्थानीय सुदेशी चौधरीले बताए ।
बाढीको कारण मोहना नदीको धार परिबर्तन भई कैलारी गाउँपालिकाले बस्ती जोगाउन लगाएको जैबिक तथा पक्की तटबन्ध यही असार १४ र १५ गते आएको बाढीले आंशिक तथा असार २५ गते आएको बाढीले बाँकी सवै तटबन्ध भत्काई बगाएको छ । उक्त तटबन्ध कैलारी गाउँपालिकाको २० लाख आर्थिक बजेटमा निर्माण भएको थियो ।

मोहना नदीको धार परिवर्तन भई खौला नै वस्तीतर्फ पस्न सक्ने जोखिम रहेको छ,’ उक्त बस्तीका विप्ती चौधरीले भने, ‘मोहना नदीका कारण तत्काल १५ घर परिवार उच्च जोखिममा रहेका छन भने बाँकी ८० घर समेत जोखिममा रहेका छन् ।’ बाढी जहिले पनि आउन सक्ने भएकोले सरोकारवाला निकायले समयमा ध्यान दिन जरुरी रहेको फियान नेपाल सुदूरपश्चिम प्रदेश संयोजक मुकुन्द रानाले बताए ।

प्रभावित समुदायले जिल्ला बिपद व्यवस्थापन समिति कैलालीका संयोजक सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी र राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश संयोजक मोहनदेव जोशीलाई ज्ञापनपत्र बुझाएका थिए ।


२८ असार २०७९, मंगलवार २१:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु