लागुऔषध खैरोहिरोइन सहित कैलालीमा ३ जना पक्राउ
कैलालीमा लागु औषध खैरो हिरोइन सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. ९ शान्तिपुर बस्ने मेघराज पौडेलको घर खान तलासी गर्दा घर भित्र राखेको ३५ ग्राम लागु औषध बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा घोडाघोडी न.पा. वडा नं. २ शिबनगर बस्ने बर्ष २८ को हिक्मत बहादुर बम, जोशिपुर गा.पा. वडा नं.७ सिमरी बस्ने वर्ष २७ को राम बहादुर सिराडी र गौरीगंगा न.पा. वडा नं. ९ शान्तिपुर बस्ने घर धनी मेघराज पौडेलको छोरा वर्ष २७ को ईश्वमर पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
उनीहरुलाई नियन्त्रणमा लिई कैलाली जिल्ला अदालतबाट म्यादथप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
२८ असार २०७९, मंगलवार २१:१० बजे प्रकाशित












