काठमाडौंको थलीमा युवकमाथि छुरा प्रहार, एक जना पक्राउ

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ थली पीपलबोटमा युवकमाथि छुरा प्रहार भएको छ । छुरा प्रहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेमा थलीकै २७ वर्षीय दीपेश शाक्य रहेका छन् । शनिबार राति थलीमै बस्दै आएका २५ वर्षीय राजन श्रेष्ठको पेटमा छुरी प्रहार भएको थियो ।

गम्भीर घाइते श्रेष्ठको उपचार भइरहेको छ। पीडित र पीडक दुवै सिन्धुपाल्चोकका स्थायी बासिन्दा हुन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२८ असार २०७९, मंगलवार १५:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु