punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गाउँ केन्द्रित स्वास्थ्य सेवाका लागि अध्यक्ष र उपाध्यक्ष स्वास्थ्य कार्यक्रम

Chaupati
safha napa

स्वास्थ्य सेवालाई गाउँ केन्द्रित बनाउन रुकुमपूर्व पुथाउत्तरगंगा गाउँपालिकाले अध्यक्षरउपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षदेखि स्वास्थ्य सेवालाई गाउँ केन्द्रित बनाउन अध्यक्षरउपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने भएको हो।

दुर्गम क्षेत्रका नागरिकका लागि गाउँमै उनीहरूको उपचार एवं स्वास्थ्य चेकजाँचका लागि अध्यक्षरउपाध्यक्ष स्वास्थ्य कार्यक्रममार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्न लागिएको डाक्टर मिलन मल्लले बताए। अध्यक्ष र उपाध्यक्ष स्वास्थ्य कार्यक्रममार्फत फरक–फरक कार्यक्रम सञ्चालन तथा सेवा दिइनेछ।

अध्यक्ष स्वास्थ्य कार्यक्रम
जसमा अध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत घरमै स्वास्थ्यकर्मी, विपन्न घर परिवार र ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा र आवश्यक ठाउँका लागि टेलिमेडिसिन सेवा केन्द्र स्थापना गरी औषधि उपचार एवं स्वास्थ्य चेकजाँच गर्ने कार्यक्रम रहेको डाक्टर मल्लले जानकारी दिए।

उपाध्यक्ष स्वास्थ्य कार्यक्रम
यसैगरी उपाध्यक्ष स्वास्थ्य कार्यक्रममा गर्भवती महिलालाई निःशुल्क स्वास्थ्य बिमा, चेलीसँग उपाध्यक्ष परामर्श कार्यक्रम, छोरीको जन्म भएमा प्रोत्साहन स्वरूप आमालाई एक वर्षको निःशुल्क स्वास्थ्य बिमा र गर्भवती, विपन्न परिवार, ज्येष्ठ नागरिक र अपाङ्ग व्यक्तिलाई निःशुल्क यातायात सेवा प्रवाह गरिने डाक्टर मल्लको भनाइ छ।

अध्यक्षरउपाध्यक्ष स्वास्थ्य कार्यक्रम गाउँपालिकामा नयाँ कार्यक्रम ल्याएपछि त्यसको कार्यविधि तयार सहयोगका लागि डाक्टर मिलन मल्ललाई ल्याइएको गाउँपालिकाले जनाएको छ।

भौगोलिक विकट र स्वास्थ्य चेकजाँच गर्ने नागरिकमा चेतनाको अभावले सर्वसाधारण रोगको सिकार भइरहेको अवस्थालाई मद्देनजर गरी गाउँ केन्द्रित सेवा प्रवाहका लागि अध्यक्षरउपाध्यक्ष स्वास्थ्य कार्यक्रम ल्याइएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक समीर गिरीले बताए। साउन महिनादेखि उक्त कार्यक्रम गाउँगाउँमा सञ्चालन गरिने संयोजक गिरीले जानकारी दिए।

सामान्य अवस्थाका बिरामीको उक्त कार्यक्रममार्फत उपचार हुने र यहाँ उपचार सम्भव नभएका हकमा बिरामी एवं रोग पहिचान गरी अन्यन्त्र ठाउँमा पठाउन सजिलो हुने गिरीको भनाइ छ।

१० सामुदायिक, ६ स्वास्थ्यचौकी, एक प्राथमिक स्वास्थ्य केन्द्र
जिल्लाकै विकट, सबैभन्दा धेरै वडा र भौगोलिक रूपमा ठूलो पुथाउत्तरगंगा गाउँपालिका रहेको छ। यस गाउँपालिका भरपर्दो सडक सुविधाको पहुँचमा जोडिएको छैन। हाल दाङ–रोल्पा–रुकुम शहिद मार्ग र ग्रामीण सडक मार्ग सुस्त रूपमा सडक खनिराखिएको छ। १४ वटा वडा रहेको पुथाउत्तरगंगामा हाल १०, ११, १२, १३ र १४ वडामा मात्र कच्ची सडक पुगेको छ। १ नम्बर वडादेखि ९ नम्बर वडासम्म सडक सुविधाको पहुँचमा छैन।

सडक सञ्चालन भएको गाउँमा पनि सदाबहार पहुँच नभएको र सबै वडामा सडक नपुगेका कारणले बिरामीलाई स्वास्थ्य संस्थामा ल्याउन र आवतजावत गर्न सर्वसाधारणलाई सकस छ।

सामान्य औषधिका लागि पनि घण्टौं पैदल हिँड्नुपर्ने बाध्यतालाई केही मात्रा भए पनि सहजताका लागि अध्यक्षरउपाध्यक्ष स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न अवधारणा ल्याइएको गाउँपालिकाले जनाएको छ।

पहिलो गाउँपालिका सरकारले पनि सर्वसाधारणको समस्यालाई मद्देनजर गरी १० ठाउँमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको छ। हाल उक्त सामुदायिक स्वास्थ्य एकाइले पनि भने जस्तो नागरिकको पायन नपरेपछि अध्यक्षरउपाध्यक्ष स्वास्थ्य कार्यक्रम ल्याइएको बताइएको छ। यस्तै ६ वटा स्वास्थ्य चौकी र एक प्राथमिक स्वास्थ्य केन्द्र समेत यस गाउँपालिकामा रहेको छ।


२८ असार २०७९, मंगलवार १४:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु