सुदूरपश्चिम प्रदेशसभाको बैठक आज पनि स्थगित
सुदूरपश्चिम प्रदेशसभाको आजलाई तय गरेको बैठक पनि स्थगित भएको छ ।
सभामुख अर्जुनबहादुर थापाले सभामा गण पूरक संख्या नपुगेको भन्दैे आजको बैठक स्थगित भएको घोषणा गरेका हुन् । प्रदेशसभा बैठक बस्न संसद्को एक तिहाइ अर्थात् १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि १३ जना मात्रै बैठकमा भएपछि बैठक स्थगित भएको थियो ।
आर्थिक मामिलामन्त्री प्रकाश रावलले गत १ असारमा आगामी आर्थिक वर्ष ०७९/८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट सदनमा प्रस्तुत गरेका थिए ।
असार १ गते प्रदेश सरकारले ल्याएको बजेटमाथि अझैसम्म पनि छलफल सुरु हुन सकेको छैन । सत्ता पक्ष र विपक्षका प्रदेशसभा सदस्यहरूले बजेट नसच्याउँदासम्म पारित गर्न नसकिने बताउँदै आएका छन् ।
२८ असार २०७९, मंगलवार १३:३९ बजे प्रकाशित












