प्रधानमन्त्री देउवा आज कञ्चनपुर आउँदै

प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमामा सहभागी हुन आज कञ्चनपुर आउँदै छन्। विश्वविद्यालयका कुलपति समेत रहेका देउवा आज हुने समारोहमा सरिक हुनका लागि कञ्चनपुर आइरहेका हुन्। उनी बिहान साढे १० बजे कञ्चनपुर आइपुग्ने बताइएको छ।

विश्वविद्यालयका तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले जनाएको छ। समारोहमा शिक्षामन्त्री लगायतको सहभागिता रहनेछ। समारोहमा कुमाउ विश्वविद्यालयका कुलपति प्रो एसके जोशी पनि आउने बताइएको छ।

 


३ असार २०७९, शुक्रवार ०९:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु