कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बिहीबार राति गोदावरी नगरपालिका-६ लालपुरमा सु.प.प्र. ०१०१० प ९६०३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार उपचारका क्रममा बिहीबार राति नै मृत्यु भएको हो। मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ।
३ असार २०७९, शुक्रवार ०९:१६ बजे प्रकाशित














