कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा कुँवरको अग्रता कायमै
कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। अहिलेसम्म ८०० मत गन्दा अध्यक्ष पदमा पुष्पराज कुँवर अगाडि छन्।
उनले ८०० मतमा ४८७ मत पाएका छन् भने उनका प्रतिस्पर्धी सुरेन्द्र राठीले २६९ मतका साथ उनलाई पछ्याइ रहेका छन्। वरिष्ठ उपाध्यक्षमा पुष्करराज ओझाले ४३५मत ल्याउँदा उनका प्रतिस्पर्धी हरिशंकर ठाकुरले ३२१ मत ल्याएका छन्।
उद्योग उपाध्यक्षमा दिनेश लम्साल ४५० मत ल्याएका छन भने, उनका प्रतिस्पर्धी घनश्याम चौधरी २६८ , एशोसिएट उपाध्यक्षमा मनोज अग्रवाल ३७९, प्रकाशचन्द्र भट्ट ३३०, वस्तुगत उपाध्यक्षमा लक्ष्मणराज पन्त ३९४, केशवदत्त पाण्डेय ३००, महासचिवमा ओमबहादुर विष्ट ३७३, सिद्धराज पनेरु ३५४, कोषाध्यक्षमा भीमराज ओझा अब्बु ४८७, रंजनकुमार शर्मा २३१ र सचिवमा सुरेश पाण्डेय २९१, महेन्द्रकुमार सिंह २४८ र जयराज न्यौपानेले १५७ मत प्राप्त गरेका छन्। संघको चुनावमा १ हजार ९५ मत खसेको थियो।
२९ जेठ २०७९, आइतवार ११:१८ बजे प्रकाशित












