कतारका लागि नेपाली राजदूतमा ढकाल नियुक्त
कतारका लागि नेपालको आवासीय राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

२६ जेठ २०७९, बिहीवार १९:४७ बजे प्रकाशित













