धनगढीमा लागुऔषधसहित एक जना पक्राउ

धनगढीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। मंगलबार लागुऔषध खैरो हिरोइनसहित धनगढी उपमहानगरपालिका -२ का २८ वर्षीय हेम खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट ८ ग्राम खैरो हिरोईन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।


२५ जेठ २०७९, बुधवार १२:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु