punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा जिसस गठन गर्न गठबन्धन बिच सहमती

Chaupati
safha napa

कैलालीमा जिल्ला समन्वय समिति गठनका लागि गठबन्धन बिच सहमती भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) बिच समन्वय समिति गठन गर्न सहमती भएको छ । कैलालीको एक स्थानमा तिनैदलका नेताहरु बिचको बैठकले यस्तो सहमाती गरेको कांग्रेस निकट स्रोतले जनाएको छ ।

तीनदल बिचको सहमती अनुसार नेपाली कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख पाउने सहमती भएको स्रोतको भनाई छ ।
तीन दल बिच प्रमुख र उपप्रमुखका लागि सहमती भएपनि सदस्य पदमा छलफल जारी रहेकाले सहमतीमा हस्ताक्षर हुन भने बाकी रहेको स्रोतको भनाई छ ।

यस अघि रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल हुने निर्णय भएको थियो ।

कैलालीमा १३ पालिका रहेकोमा नेपाली कांग्रेसले तीन पालिकामा प्रमुख र पाँच पालिकामा उपप्रमुख जितेको छ । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले चार पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख जितेको छ । नेकपा एमालेले दुई पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख जितेको छ ।

त्यस्तै, नेकपा माओवादी केन्द्रले दुई प्रमुख र दुई उपप्रमुख जितेको छ । कैलालीमा स्वतन्त्र उम्मेदवारले एक पालिका प्रमुख र नेकपा (एकीकृत समाजवादी) ले एक पालिका प्रमुख जितेको छ ।


२१ जेठ २०७९, शनिवार १६:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु