punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

यार्सा संकलन क्षेत्रमा लेक लागेर २ जनाको मृत्यु

Chaupati
safha napa

मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ। मुगम कार्मारोङ गाउपालिका ७ महगाउँका १६ बर्षका असल तामाङ शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो। उनी मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत थिए।

टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक लागेर सिकित्स बिरामी भएपछि बोकेर गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा उनको मृत्यु भएको मुगुम कार्मारोङ गाउपालिका वडानं ७ का वडाअध्यक्ष शसांक लामाले जानकारी दिए। एक साता नबित्दै यार्सा क्षेत्रमा लेक लागेर दुई जनाको मृत्यु भएको छ। बुधबारमात्रै यार्सा संकलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजबहादुर सिंहको कोइकी पाटनमा लेक लागेर मृत्यु भएको थियो।


२१ जेठ २०७९, शनिवार १५:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु