punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Chaupati
safha napa

रुकुम (पूर्व) मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका-४ स्थित दादीङमा ट्याक्टरमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वडा नम्बर -४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा१त १६१६ नम्बरको ट्र्याक्टरमा सवार दुई जनाको शुक्रबार साँझ दादीङ रोडमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले जानकारी दिएको छ ।

मृत्यु हुनेमा सिस्ने-४ दादीङकै १५ वर्षका आकाश बुढा र सोही ठाउँकै ५० वर्षीया नन्दी बुढा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) का प्रहरी निरीक्षक एवं सूचना अधिकारी कृष्ण खत्रीले जानकारी दिए ।

उनका अनुसार दुई जना घाइते भएका छन् । घाइतेकोे रुकुम (पूर्व) अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक खत्रीले बताए ।

 

 


२१ जेठ २०७९, शनिवार ०८:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु