punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लालपुर्जा भएको जमिन एसएसबीले नेपालीलाई जोत्न दिने

Chaupati
safha napa

भारतीय सीमा सुरक्षा बल एसएसबीले कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटमा नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने भएको छ। शुक्रबार नेपाल–भारतका सीमा सुरक्षाकर्मीबीच भएको छलफलमा लालपुर्जा भएको जमिन नेपाली नागरिकलाई जोत्न दिने सहमति भएको हो।

दुवै देशका सर्भे टोलीले अनुगमन नगर्दासम्म नेपाली नागरिकलाई लालपुर्जा भएको जमिन जोत्न दिने सहमति भएको सशस्त्र प्रहरी बल नेपाल ३५ नं गण शैलेश्वरीका एसपी अमरबहादुर ऐरले जानकारी दिए।

‘सर्भे टोलीले अनुगमन गरेर समस्या सामाधान नगर्दासम्म लालपुर्जा भएका नागरिकलाई जोत्न दिने सहमति भएको छ,’ उनले भने, ‘अब नेपाली नागरिकले आफ्नो भूमि जोत्न पाउँछन्।’

बुधवार ट्रयाक्टर लगेर खेत जोत्न गएका बेलौरी नगरपालिका–१० का निवर्तमान वडाध्यक्ष हरिलाल चौधरीलाई चलनभोग गर्दै आएको खेत एसएसबीले जोत्न नदिइ फर्काएपछि विवाद उत्पन्न भएको थियो। रासस


२१ जेठ २०७९, शनिवार ०९:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु