देशभर सार्वजनिक बिदा, रातो मछिन्द्रनाथको भोटो आज देखाइँदै

ललितपुरको जावलाखेलमा वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदैछ । ललितपुरको थटीटोलबाट रातो मच्छिन्द्रनाथको रथ तानेर जावलाखेल पुर्‍याइएको चौथो दिन आज भोटो जात्राको साइत जुरेको हो ।

पुल्चोकबाट तान्न शुरु गरिएको रातो मच्छिन्द्रनाथको रथ विभिन्न भाग परिक्रमा गरी थटिचोक लगनखेलबाट तानेर बिहीबार जावलाखेल पुर्‍याइएको थियो।

भोटो जात्रा देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसहित विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम रहेको छ। अपरान्ह ५ बजे राष्ट्रपति भण्डारीको उपस्थितिमा भोटो देखाउने तयारी गरिएको ललितपुरस्थित गुठी संस्थानले जनाएको छ ।

शनिबार बिहान बुंगमतीबाट मच्छिन्द्रनाथको भोटो जावलाखेल ल्याइनेछ। आज साँझ ५ बजे जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाइनेछ। भोटो देखाइसकेपछि पनि पुनः बुंगमतीमै भोटो पुर्‍याइने संस्थानले जनाएको छ।

भोटो जात्राको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा समेत दिएको छ।

 


२१ जेठ २०७९, शनिवार ०७:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु