punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने निर्णय कार्यान्वयन गर्न असम्भव

Chaupati
safha napa

नेपाल वायुसेवा सञ्चालक संघले एकमात्रै इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ ।

प्राधिकरणले एउटा इन्जिन भएको हेलिकप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला संघले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ ।

एक इन्जिन भएको हेलिकप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए। नौ सिट क्षमताभन्दा माथिका हेलिकप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उनको भनाइ छ ।

हाल नेपालमा सञ्चालन भइरहेका ११ हेलिकप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । दश विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकोप्टर उडाउँदै आएको बताइएको छ ।


२० जेठ २०७९, शुक्रवार ११:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु