बैतडीमा चितुवाको आतंक
पछिल्लो केहिदिन देखि बैतडीको सुर्नया गाँउपालिका वडा नं ८ का स्थानिय साँझ पर्ने बितिक्कै ढोका लगाउने गरेका छन् । चितुवाले बिध्वंस मच्चाउन थालेपछि सम्साँझै गाउँ सुनसान बन्ने गरेको स्थानियले बताएका छन् ।
रात नहुदै बथानसहित चितुवा गाँउपस्न थालेपछि स्थानिय त्रसित भएको स्थानिय राम बहादुर बोहराले बताए । गएराति चितुवाले गोठबाटै एकजना स्थानियको खसी लगेको स्थानिय बोहराले बताए ।
चितुवाले घरगोठमै आक्रमण गर्न थालेपछि स्थानियहरुले एक गाँउमा गएर पहरा दिनुभएको बताइएको छ । आफ्नो बासस्थान नष्ट हुन थालेपछि चितुवा गाँउ पस्न थालेको अध्ययनकर्ताहरुको भनाई छ ।
२० जेठ २०७९, शुक्रवार १३:०७ बजे प्रकाशित





























