punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जिबी आग्रीको निर्देशनमा अंश वर्माद्वारा अभिनित ‘मेरी राईझुमा’ गित सार्वजनिक

Chaupati
safha napa

विगत लामो समयदेखि म्युजिक भिडियो क्षेत्रमा सक्रिय रहेका निर्देशक जिबी आग्रीको निर्देशनमा ‘मेरी राईझुमा’ बोलको गित सार्वजनिक भएको छ । ‘मेरी राईझुमा’ गितको भिडियोमा अहिलेका चर्चित टिकटक स्टार अंश वर्मा र सुस्मिता पन्तको अभिनय रहेको छ ।

जसमा गायक सुमन ताम्राकार र गायिका निरुता खत्रीको सुमधुर आवाज सजिएको छ । यो गित सुदूरपश्चिमको लोक देउडा गित हो । यो गितको छायांकन धनगढीको शिवपुरी धाममा गरिएको हो ।

गितमा उमेश मुस्कान र मिस्टर हनीको शब्द र उमेश मुस्कानको संगितमा रहेको छ भने म्युजिक एरेन्ज केशव बडुले गरेका छन् । गितको सम्पादक दिर्घ खडा रहेका छन् भने कोरियोग्राफर नरेश वीरले गरेका हुन् ।
गितको मिक्सिङ मास्टरिङ कुमार रानाले गरेका छन् भने रंग संयोजन राजेन्द्र मोक्तानले गरेका हुन ।

दिपक गिरी एण्ड टिमले छायांकन गरेको म्युजिक भिडियो अंश वर्माको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । यसअघि निर्देशक आग्रीको निर्देशनमा तयार भएका हजुर मुसुकै, नजरैको तिर, भिज्यो रुमाल लगायत थुप्रै गितले बजारमा चर्चा पाएका छन् ।


१७ जेठ २०७९, मंगलवार १२:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु