पूर्वप्रधानमन्त्री झलनाथ खनाल र रूसी राजदूतबीच भेटवार्ता

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालका लागि रूसका राजदूत असेक्सेइ नोभिकोभसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

निजी निवास डल्लुमा खनाल र नोभिकोभबीच दुई देशको आपसी हितको बारेमा छलफल भएको हो।

राजदूत नोभिकोभलाई स्वागत गर्दै पूर्वप्रधानमन्त्री खनालले नेपाल र रूसको बीचमा धेरै लामो कालदेखि सुमधुर सम्बन्ध रहेको र अझै विकास हुने विश्वास व्यक्त गरे।

भेटका क्रममा दुई देशबीचको आपसी हित एवं चासोको विषयमा कुराकानी भएको थियो।

भेटका अवसरमा नोभिकोभले आगामी दिनमा नेपाल–रूस सम्बन्ध अझ गहिरो र फराकिलो हुनेमा विश्वास समेत व्यक्त गरेको खनालको स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।


१७ जेठ २०७९, मंगलवार १३:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु