डोटीमा जीप दुर्घटना हुँदा ८ जना घाइते
डोटीमा जीप दुर्घटना हुँदा ८ जना घाइते भएका छन्। जिल्लाको आदर्श गाँउपालिका वडा नं -६ गिरिचौकाबाट दीपायल जान लागेको जीप दुर्घटना भएको हो।
प्रहरीका अनुसार शुक्रबार बिहान सुप्रप्र १३९४ नम्बरको जीप दुर्घटना भएको र दुर्घटनामा ८ जना घाइते भएका छन्।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।
१३ जेठ २०७९, शुक्रवार १३:२२ बजे प्रकाशित














