आजदेखि पाँच दिने टेनिस प्रतियोगिता
टिम टेनिस नेपालको आयोजनामा टिम टेनिस नेपाल जेटीआई जुनियर टेनिस प्रतियोगिता आजदेखि सुरु हुँदै छ । पाँचदिने प्रतियोगिताका खेलहरू धापाखेलस्थित आयोजकको आफ्नै कोर्टमा हुने छ ।
प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जानकारी दिए । विभिन्न ६ उमेरसमूहमा खेल हुने छ । ब्वाइजरगर्ल्स्मा ६-६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने उनले बताए । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख ५० हजार रुपैयाँ खर्च हुने छ ।
१३ जेठ २०७९, शुक्रवार ११:२२ बजे प्रकाशित













