कैलालीमा २५ लाखबढी भारतीय रुपैयाँ र  सुन बरामद

कैलालीमा भारतीय २५ लाख ६८ हजार रुपैयाँ र २ तोला सुन प्रहरीले बरामद गरेको छ । भारतको बिभिन्न स्थानबाट चोरी गरी ल्याइएको रुपैयाँ र सुन लुकाई छिपाई राखिएको छ भन्ने बिषेश सुचनाका आधारमा  प्रहरीले बरामद गरेको हो ।

जिल्लाको घोडाघोडी नगरपालिका -८ बस्ने लाल बहादुर थापाको घर नजिकको खेतबारीमा खाल्डो खनी पलास्टिकको भित्र लुकाई छिपाई गरी राखेको भारतीय जम्मा रु २३ लाख ४६ हजार र २ तोला स -साना सुनका टुक्रा समेत बरामद गरिएको छ ।

बर्दगोरिया गाउँपालिका -४ सुन्दरपुर स्थित दुर्गा चलाउनेको घर नजिक खेतबारीमा खाडलमा प्लाष्टिकको झिल्ली भित्र स्टिलको डिब्बामा लुकाई छिपाई गरी राखेका भारतिय रुपैयाँ २ लाख २२ हजार बरामद गरेको हो ।  यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


१२ जेठ २०७९, बिहीवार २२:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु