व्यवसायीलाई प्रोत्साहन गर्न प्रदेश सरकार प्रतिबद्ध छ :मुख्यमन्त्री भट्ट
सुदूरपश्चिममा व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई प्रोत्साहन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन्। बिहीबार धनगढीमा रेमण्ड शपको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले व्यापार, व्यवसायले विकासमा सहयोग पुग्ने उल्लेख गर्दै बढीभन्दा बढी व्यवसाय, उद्योग सञ्चालन हुन आवश्यक रहेको बताए।
मुख्यमन्त्री भट्टले भने, “व्यापार, व्यवसाय विकासको एक पक्ष पनि हो, यसले रोजगारी सिर्जना गर्दछ र हामीले गर्न खोजेको विकासमा सहयोग पनि पुग्ने गर्दछ।” मानिसले लगनशील भएर व्यवसाय गरेमा सफलता अवश्य नै प्राप्त हुने गरेको मुख्यमन्त्री भट्टले धारणा व्यक्त गरे।
उनले भने, “हामीले एकैचोटि ठूलो हैन, सानैबाट व्यवसाय सुरु गर्नु पर्दछ र दृढताका साथ अगाडि बढियो भने सफलता अवश्य प्राप्त हुन्छ।”
१२ जेठ २०७९, बिहीवार २१:५९ बजे प्रकाशित













